News Griha :: न्यूजगृह
दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता

दोलखा— दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएराति पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

पहिरोमा बेपत्ता हुने दुई घरका मानिस रहेका गौरीशंकर गाउँपालिका–८ का वडा अध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए । उनका अनुसार बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकी छ ।

पहिरोको कारण सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन् । थप विवरण आउन बाँकी रहेको शेर्पाले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:००
Weather Update