News Griha :: न्यूजगृह
मञ्जुले ल्याइन् ‘यो तीजमा नजाने माइत’ गीत

काठमाडौं— गायिका मञ्जु थापाले ‘यो तीजमा नजाने माइत’ तीज गीत ल्याएकी छिन् ।

संगीतकार शम्भुजीत बाँस्कोटाले शब्द तथा संगीत गरेको गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मिला मल्ल,दीपाश्री निरौला, रेजिना उप्रेती,नीता ढुंगाना,मञ्जु थापा,कल्पना थापा,प्रमिला कार्की,गोमा केसी,शिला गजुरेल,मीना लामालगायतले अभिनय गरेका छन् ।

गायिका थापाले अडिओ र श्रव्यदृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । उनले भनिन्,‘गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।’

संगीतकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताइन्  ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०७:५४
Weather Update