News Griha :: न्यूजगृह
त्रिशूलीमा बस खस्यो
त्रिशूलीमा बस खस्यो काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य 
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य बुधबार प्रतितोला एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा 
बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा   बुद्धनगर, शङ्खमुल क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ । बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । 
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन् । मन्त्रिपरिषद्‌को बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ ।
तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो
तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँ लाग्दो छ । लामा भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान...
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । पुल बगेपछि बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले बताए । 
घट्यो गोलभेँडाको मूल्य
घट्यो गोलभेँडाको मूल्य नेपाली तरकारी तथा फलफूल बजारमा गोलभेँडाको मूल्य घटेको छ । बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैयाँले गोलभेँडाको मूल्य घटेको हो । तीन दिन अघि १३० रुपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको हिजो १२० रुपैयाँमा कारोबार भएको थियो । 
एनओसी नलिई भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने
एनओसी नलिई भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्वद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् ।
एकीकृत समाजवादीको बैठक सुरु
एकीकृत समाजवादीको बैठक सुरु पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायत बारे चर्चा गरेका थिए । 
भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै
भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै भारतले चन्द्रमामा पठाएको चन्द्रयान– ३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह बुधबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...
स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन 
स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन  नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन गरिएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले स्वर्गीय गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गरेको हो । 
Weather Update