अपडेट
त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार

काठमाडौं— काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ ।
काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसादजैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १२:१८