News Griha :: न्यूजगृह
भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै

काठमाडौं— भारतले चन्द्रमामा पठाएको चन्द्रयान– ३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । 

चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

बीबीसीले लेखेको छ, ‘यदि चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ ।’  यसको उद्देश्य पानीको सम्भावना सहितको बरफको खोजी हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ । 

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अवतरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ । अवतरणका लागि यानको गति प्रति सेकेन्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:०३
Weather Update