त्रिशूली बस दुर्घटनाका ८ मृतकमध्ये चार जनाको सनाखत बुधबार, भदौ ६, २०८०
![एक महिनापछि प्रतिनिधि सभा बैठक [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament birodh 11691570826.jpg)
एक महिनापछि प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ ६, २०८० सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको थियो ।

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से बुधबार, भदौ ६, २०८० साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्से २९.४७ अङ्कले वृद्धि हुँदा २०४५.४५ को बिन्दुमा बन्द भएको छ । मङ्गलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो । गत सोमबार २ महिनापछि २ हजारको बिन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।

मुग्लिन–पोखरा सडक विस्तार बुधबार, भदौ ६, २०८० पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किलोमिटर सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो ।

नेपालको लगातार दोस्रो जित बुधबार, भदौ ६, २०८० नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो। कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिइन्न । इन्दुले ४ ओभरमा १५ रन खर्चिइन्। खुसी डङ्गोलले दुई विकेट झारिन् । राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर खुसीले डेब्यु...

सुन तस्करीको छानबिन गर्न असोजमा जाँचबुझ आयोग बुधबार, भदौ ६, २०८० संसद्मा रहेका प्रमुख दलहरूबीच अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार गत साउनमा ‘ब्रेक शु’मा लुकाएर ल्याएको ६० केजी बढी सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान सकेलगत्तै सरकारले जाँचबुझ आयोग बनाउनेछ ।

त्रिशूली दुर्घटना अपडेट : २४ जनाको उद्धार, ८ को मृत्यु, १६ घाइतेको उपचार हुँदै बुधबार, भदौ ६, २०८० काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट उद्धार गरिएका २६ जनामध्ये १६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । घाइते १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको...

संसद् सञ्चालन गर्न दलहरूबीच दुईबुँदे सहमति, हस्ताक्षर हुँदै बुधबार, भदौ ६, २०८० संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच दुईबुँदे सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

धादिङमा भएको दुर्घटनाको उद्धार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी –२ नजिकै चालिसेमा दुर्घटना हुँदा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको...

कोशीका मुख्यमन्त्रीविरुद्ध एमाले फेरि सर्वोच्चमा बुधबार, भदौ ६, २०८० संविधान विपरीत प्रक्रिया अपनाउँदै प्रदेश सभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो । एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताए ।

त्रिशूली बस दुर्घटनामा ८ जनाको मृत्यु, आठ घाइते बुधबार, भदौ ६, २०८० काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूबीचको छलफल सुरु बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
![धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट]](https://newsgriha.com/uploads/posts/Trishuli_Bus_Accident_Chhahara1692771467.jpg)
धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट] बुधबार, भदौ ६, २०८० सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बिपद् व्यवस्थापन सुरक्षा वेश आदमघाट बाट डीएसपीको कमान्डमा १६ जना र बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज खटिएको छ ।









