News Griha :: न्यूजगृह
त्रिशूली दुर्घटना अपडेट : २४ जनाको उद्धार, ८ को मृत्यु, १६ घाइतेको उपचार हुँदै 

काठमाडौं— काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । 

दुर्घटनाबाट उद्धार गरिएका २६ जनामध्ये १६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । घाइते १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनका मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ । तर, मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुष छन् । अहिले पनि उद्धार कार्य जारी भइरहेको एसपी मिश्रले जानकारी दिए ।

बुधबार बिहान करिब ११ बजेतिर यात्रुवाहक बस दुर्घटनामा परेको हो । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:१०
Weather Update