त्रिशूली बस दुर्घटनामा ८ जनाको मृत्यु, आठ घाइते

काठमाडौं— त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा तीन वटै सुरक्षा निकायको टोली उद्धारमा खटिएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १२:३६