अपडेट
धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट]
![धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट]](https://newsgriha.com/uploads/posts/Trishuli_Bus_Accident_Chhahara1692771467.jpg)
काठमाडौं— धादिङमा बुधबार बिहान भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जना जनशक्ति परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बिपद् व्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमान्डमा १६ जना र बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज खटिएको छ ।
काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १२:२५