
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी –२ नजिकै चालिसेमा दुर्घटना हुँदा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ,‘काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।’
प्रदेश ३—०१—००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस बुधबार बिहान ११ बजेतिर सडकबाट त्रिशूली नदिमा खसेको हो।