‘हावा’मा आलुको बिउ उत्पादन आइतबार, भदौ १७, २०८०

नेप्से १९६० मा ओर्लियो आइतबार, भदौ १७, २०८० नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अङ्क घटेको छ । योसँगै नेप्से १९६० अङ्कमा कायम भएको छ । कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, भदौ १७, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ बिगो मागदाबीसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित पक्राउ आइतबार, भदौ १७, २०८० पक्राउ पर्नेमा गोदावरी नगरपालिका- २ का ३६ वर्षीय सुजन नगरकोटी छन् । उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । नगरकोटीले ती किशोरीलाई गत बिहीबार दिउँसो त्रिवेणीस्थित जङ्गलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हेलो सरकार अब २४ सै घण्टा आइतबार, भदौ १७, २०८० नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेलो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।

जुम्लामा जीप दुर्घटनामा मृत्यु भएकाको सनाखत आइतबार, भदौ १७, २०८० आइतबार बिहान जुम्लादेखि मुगु जाँदै गरेको जीप दुर्घटनामा परेको थियो । जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार दुर्घटनामा मुगुको रारा छायानाथ नगरपालिका–५ का अन्दाजी २८ वर्षीय अविराज कार्की र सोही वडाका २२ वर्षीय जितेन्द्र रावलको मृत्यु भएको हो । कार्की चालक र रावल सहचालक हुन् । मृतकको शव पोस्टमार्टमका लागि ...

गैंडाको खागसहित ४ जना पक्राउ आइतबार, भदौ १७, २०८० पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका-७ का ३० वर्षीय प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका-७ का ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठ-१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ का ३५ वर्षीय कर्ना तामाङ छन् ।

कोशी सरकारविरुद्धको मुद्दाको छिनोफानो पूर्ण इजलासबाट आइतबार, भदौ १७, २०८० सभाध्यक्षको प्रयोग गरेर विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परे पनि पूर्ण इजलासमा लैजाने सहमति भएको हो । पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न...

निकुञ्जमा मृत भेटियो गैँडा आइतबार, भदौ १७, २०८० गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षातको समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ । यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ ।...

रचनात्मक कार्यक्रमसहित संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय आइतबार, भदौ १७, २०८० आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।

एक सयले बढ्यो सुनको मूल्य आइतबार, भदौ १७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते आइतबार, भदौ १७, २०८० गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतीक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतककी बहिनी ९ वर्षीया रोजिता घाइते भएकी छन् ।
![पेप्सीकोला दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, घाइते सबैको पहिचान खुल्यो [अपडेट]](https://newsgriha.com/uploads/posts/pepsi accident1693722955.jpg)
पेप्सीकोला दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, घाइते सबैको पहिचान खुल्यो [अपडेट] आइतबार, भदौ १७, २०८० आइतबार बिहान पेप्सीकोला छाप्रोस्थित सडकमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। बा.प्र०२–०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया ऊषा थापा र बा.प्र०२–०४१ प ४८३८...









