News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्धको मुद्दाको छिनोफानो पूर्ण इजलासबाट 

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।

सभाध्यक्षको प्रयोग गरेर विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परे पनि पूर्ण इजलासमा लैजाने सहमति भएको हो ।  पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत मान्न नसकिने आदेशमा उल्लेख छ ।      

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:५५
Weather Update