संविधान कार्यान्वयनमा चुनौती छ : ईश्वर पोखरेल बुधबार, असोज ३, २०८०

द्रुत बस धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता बुधबार, असोज ३, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आजदेखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन गरेका छन् । बुधबार द्रुत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताए...
![देशभरका शिक्षक-कर्मचारी माइतीघरमा, शिक्षा विधेयकविरुद्ध नाराबाजी [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/teacher-aandolan-21695192736.jpg)
देशभरका शिक्षक-कर्मचारी माइतीघरमा, शिक्षा विधेयकविरुद्ध नाराबाजी [तस्बिरहरू] बुधबार, असोज ३, २०८० सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक-कर्मचारीहरू आन्दोलित भएका छन् ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम तीन सातादेखि ठप्प, दैनिक ८ करोड क्षतिपूर्ति बेहोर्दै नेपाल सरकार बुधबार, असोज ३, २०८० स्थानीयको अवरोधका कारण निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको काम ठप्प छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् ।

सुनचाँदीको मूल्यमा समान्य गिरावट बुधबार, असोज ३, २०८० आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

टीकापुर हत्याकाण्डमा ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीको सजाय मिनाहा बुधबार, असोज ३, २०८० टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन् ।संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएका हुन् ।

काठमाडौंमा सुरु भयो द्रुत बस सेवा, मन्त्री र मेयरहरू बने पहिलाे यात्रु बुधबार, असोज ३, २०८० सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । मन्त्री र मेयरहरू द्रुत बस सेवाको पहिलो यात्रु बनेका छन् ।संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरे । द्रुत बस सेवा सूर्यविनायक—रत्नपार्क रुटमा चल्ने छ ।

असोज १५ गतेसम्म शिक्षक दरबन्दी विवरण पठाउन पत्राचार बुधबार, असोज ३, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी पठाउन अनुरोध गरेको छ । विवरण पठाउन अनुरोध गर्दै केन्द्रको शिक्षक व्यवस्थापन शाखाले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको छ ।
![टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/sambidhan diwas-2080-21695184687.jpg)
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू] बुधबार, असोज ३, २०८० संविधान दिवस २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल) मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
![प्राथमिक तहको परीक्षा केन्द्र तोकियो [सूची]](https://newsgriha.com/uploads/posts/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
प्राथमिक तहको परीक्षा केन्द्र तोकियो [सूची] बुधबार, असोज ३, २०८० शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र तोकेको छ ।प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

केपी ओली भन्छन्— वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो बुधबार, असोज ३, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् ।

तरकारी र फलफूलको आजको मूल्य : किन बढ्यो रातो बन्दाको मूल्य ? बुधबार, असोज ३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार बुधबार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४५, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ५८, गोलभेँडा सानो लोकल ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो...

देशभरका शिक्षक कर्मचारी माइतीघरमा भेला हुँदै बुधबार, असोज ३, २०८० नेपाल शिक्षक महासंघको आयोजनामा आज ११ बजेदेखि सुरु हुने आन्दोलनका लागि देशभरका शिक्षक तथा कर्मचारी काठमाडौंको माइतीघरमा भेला हुँदैछन् ।









