News Griha :: न्यूजगृह
असोज १५ गतेसम्म शिक्षक दरबन्दी विवरण पठाउन पत्राचार

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी पठाउन अनुरोध गरेको छ । 

विवरण पठाउन अनुरोध गर्दै केन्द्रको शिक्षक व्यवस्थापन शाखाले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको छ ।

केन्द्रले शिक्षक सेवा आयोगलाई खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउनुपर्ने  भएकाले २०८० वैशाख १ देखि २०८० चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रुपमा असोज १५ गतेभित्र पठाउन भनेको छ । 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:४८
Weather Update