काठमाडौंमा सुरु भयो द्रुत बस सेवा, मन्त्री र मेयरहरू बने पहिलाे यात्रु

काठमाडौं— सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । मन्त्री र मेयरहरू द्रुत बस सेवाको पहिलो यात्रु बनेका छन् ।
संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरे । द्रुत बस सेवा सूर्यविनायक—रत्नपार्क रुटमा चल्ने छ ।
सर्वसाधारणले भने भोलिदेखि मात्र द्रुत सेवा लिन पाउनेछन् । उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन साह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १०:५८













