News Griha :: न्यूजगृह
टीकापुर हत्याकाण्डमा ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीको सजाय मिनाहा 

काठमाडौं— टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएका हुन् ।

टीकापुर नगरपालिका–४ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७मोतीपुरका हरिनारायण चौधरी र जानकी–७लट्कनियाका प्रदीप चौधरीले आम माफी पाएका हुन् । उनीहरु आज रिहा हुने छन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलमा थिए।

एक बालक र ७ प्रहरीसहित ८ जनाको ज्यान जाने गरि भएको टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी पनि सरकारको निगाहमा कैद माफी पाएर रिहा भइसकेका छन् । 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:१५
Weather Update