संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरूको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति पौडेलले भीमबहादुर खवास, हर्कबहादुर लिम्बू र समदिन मियाँसहित ६७० जना कैदीको कैद सजाय माफी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १८:३४