काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार बुधबार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४५, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ५८, गोलभेँडा सानो लोकल ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौँला ४० मा कारोबार भइरहेको छ ।
डल्लेच्याउ प्रतिकेजी ३३०, बन्दा लोकल ७०, गाजँर १३०, मूला सेतो ८०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ४०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २००, भिण्डी ३०, न्यूरो ८०, रातो बन्दा ३००, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ५००, किवि ४००, हरियो खुर्सानी अकबरे १४० रुपैयाँ तथा रहु माछा ३८०, छडी माछा २४०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवल ४०, गुन्दुक प्रतिकेजी २५०, बरेला १५०, भारतीय प्याँज सुकेको ६६, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ८०, तोफु ११०, पिंडाँलू ७०, तामा ९०, चुकुन्दर ८०, निबुवा ५०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।