हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन बुधबार, असोज ३, २०८०

विज्ञान र गणितका शिक्षक अभाव बुधबार, असोज ३, २०८० गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए । राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।

शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै बाँकी : गृहमन्त्री श्रेष्ठ बुधबार, असोज ३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन् ।

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन गर्छन् बाँकेका पस्तोके बुधबार, असोज ३, २०८० साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आएका उनले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए ।

काठमाडौं महानगरले शिक्षकहरूलाई भन्यो— विद्यालय बन्द गरे कारबाही हुन्छ बुधबार, असोज ३, २०८० काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

माओवादीले पठाएको पत्र एकता होइन, पार्टी प्रवेशका लागि हो : नेसपा बुधबार, असोज ३, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्र (माके) ले पठाएको पत्र पार्टी एकताका लागि नभइ नेसपाका केही मानिसहरू प्रवेश गराउन चालेको कदम भएको बताएको छ । माओवादीले नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरेर ‘पार्टी एकता’का लागि भदौ ३० गते पत्र पठाएको हो । अर्का अध्यक्ष डा.बाबुराम भट्टराई भारत...

एसियाली खेलकुद : पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरियो बुधबार, असोज ३, २०८० नेपाली पुरुष भलिबल टीम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

लोकतन्त्रका लागि लडेकाहरू निराश बुधबार, असोज ३, २०८० १२ वर्षे शसस्त्र द्वन्द्व व्यवस्थापनका लागि गरिएको १२ बुँदे सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२—६३ को जनआन्दोलन नेपालको संविधानको आधार हो । त्यही आन्दोलनको जगमा निर्माण भएको संविधान सभा र सो सभाले दिएको संविधान नेपाली जनताको संघर्ष र सम्झौताको गाथामात्रै होइन वर्तमान राज्य व्यवस्थाको पिलर समेत हो ।अहिले त्यही...

बाख्रापालनबाट चार वर्षमा ८२ लाख कमाए स्याङ्जाका गंगाप्रसादले बुधबार, असोज ३, २०८० स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गंगाप्रसाद श्रेष्ठले व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन् ।उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन् ।उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् ।
शिक्षकका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा बुधबार, असोज ३, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।नेपाल शिक्षक महासंघको आयोजनामा बुधबार देशभरका शिक्षकले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहँदा शर्माले सो कुरा बताएका हुन् ।

समयमै अस्पताल नपुर्याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी बुधबार, असोज ३, २०८० बर्दियाकाे बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मंगलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो । उनी सर्पदंशबाट गम्भीर बिरामी थिए ।जयलाई घरको आँगनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा ती बालकको मृत्यु भइसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख सर्पदंश विज्ञ डा.कृष्ण आचार्यले जानकारी...

शिक्षकहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि... बुधबार, असोज ३, २०८० काठमाडौंको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक— कर्मचारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

गणतन्त्रप्रति वितृष्णा फैलिन नदिन दलहरू गम्भीर बन्नुपर्छ : मुख्ममन्त्री कार्की बुधबार, असोज ३, २०८० कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।









