शिक्षकहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि...

काठमाडौं— काठमाडौंको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक कर्मचारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।
संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलनमा शिक्षक कर्मचारीले नाराबाजी गर्दै निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ जान खोजेपछि प्रहरीले रोकेको हो ।
शिक्षक कर्मचारीले शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १३:१४













