News Griha :: न्यूजगृह
एसियाली खेलकुद : पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरियो

काठमाडौं— नेपाली पुरुष भलिबल टीम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।

पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई  २५–९, २५–१५ र २५–१३ ले हरायो । नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो ।

प्रतियोगितामा सहभागी कुल टीमलाई छ । समूहमा विभाजन गरिएको छ । र, प्रत्येक समूहबाट दुई टीमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:१२
Weather Update