News Griha :: न्यूजगृह
देशभरका शिक्षक कर्मचारी माइतीघरमा भेला हुँदै 
फाइल तस्बिर

काठमाडौं— नेपाल शिक्षक महासंघको आयोजनामा आज ११ बजेदेखि सुरु हुने आन्दोलनका लागि देशभरका शिक्षक तथा कर्मचारी काठमाडौंको माइतीघरमा भेला हुँदैछन् ।

सरकारले संसदमा दर्ता गरेको शिक्षक विधेयकविरुद्ध महासंघले आन्दोलन घोषणा गरेको हो ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले ७७ वटै जिल्लाबाट शिक्षक र विद्यालय कर्मचारी माइतीघर आउँदै गरेको जानकारी दिए । उनका अनुसार कतिपय शिक्षक र कर्मचारीहरु अहिले यात्रामा छन् ।

शिक्षा मन्त्रालयले पत्र काटेरै वार्तामा बोलाए पनि शिक्षक महासंघ वार्तामा बस्न मानेको छैन । शिक्षा विधेयक शिक्षक कर्मचारीमैत्री नभएको भन्दै महासंघले सच्याउन माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:१९
Weather Update