६१ किलो सुन तस्करी प्रकरण : पक्राउ परेका २५ जना थुनामा शुक्रबार, असोज १९, २०८०
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश शुक्रबार, असोज १९, २०८० जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुन्जेल थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासको एकल इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो । श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५...

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिसलाई शुक्रबार, असोज १९, २०८० यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा...

दसैँका लागि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ शुक्रबार, असोज १९, २०८० शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

रिगलको कैद मिनाहा कानुन विपरीत : मानवअधिकार आयोगको शुक्रबार, असोज १९, २०८० आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन् ।

२४ करोड रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ शुक्रबार, असोज १९, २०८० पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ का वर्ष ३० का पिन्टुकुमार साह छन् । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार साहलाई जुवा वा सट्टाबाजी गरेको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

१३ वर्ष साउदी अरब बसेर स्वदेश फर्किएका नवलपरासीका टंकप्रसाद पशुपालनमा शुक्रबार, असोज १९, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ का टंकप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् ।१३ साउदी अरब बसेर स्वदेश फर्किएका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् ।

नेपाल र रोमानियाबीच श्रम सम्झौता शुक्रबार, असोज १९, २०८० नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरूका लागि...

शिक्षकसँग भएका सम्झौता शिक्षा ऐनमा आउनुपर्छ : सांसद शर्मा शुक्रबार, असोज १९, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षकसँग गरिएका सम्झौतालाई शिक्षा विधेयकको अङ्ग बनाउन आग्रह गरेका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले अहिलेको सरकारले कैयौं निर्णयमा कमजोरी गर्दै आइरहेको भन्दै शिक्षा विधेयक निर्णयमा कमजोरी नगर्न आग्रह गरे ।

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा शुक्रबार, असोज १९, २०८० फूटबल वर्ल्ड कप—२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड—१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रंगशालामा हुने भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त जानकारी दिएको हो । फिफा वरीयतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा...

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण शुक्रबार, असोज १९, २०८० काठमाडौंबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

सरकारले बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने शुक्रबार, असोज १९, २०८० सरकारले बझाङ भूकम्प पीडितलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ दिने भएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत भूकम्पबाट भएको क्षति र पीडितको अवस्था अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्रीले ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शिक्षक महासंघसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग शुक्रबार, असोज १९, २०८० नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।प्रतिनिधि सभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद शर्माले शिक्षक महासंघ र राहत शिक्षकको भावनालाई सम्बोधन हुने...









