अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने शुक्रबार, पुस २६, २०८१

बेलुका मन्त्रिपरिषद बैठक बस्ने शुक्रबार, पुस २६, २०८१ आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? शुक्रबार, पुस २६, २०८१ बुधबार प्रतितोला पाँच सय रूपैयाँ, बिहीबार प्रतितोला आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला आठ सय रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी? शुक्रबार, पुस २६, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष) मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र...
![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)
तरूलको व्यापार बढ्यो [तस्बिरहरु] शुक्रबार, पुस २६, २०८१ माघे संक्रान्ति नजिकिएसँगै तरूल किन्नेहरूको कालिमाटी तरकारी बजारमा भिड लागेको छ । पुस २५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार किलो तरुल आयात हुँदै आएको थियो ।
-1736472491.jpg)
अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको मृत्यु शुक्रबार, पुस २६, २०८१ खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो । दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ ।

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा शुक्रबार, पुस २६, २०८१ गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन् ।

रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शुक्रबार, पुस २६, २०८१ लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याएको घटनामा ८९ जना दोषी शुक्रबार, पुस २६, २०८१ टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारी तथा पार्टीका प्रतिनिधिहरूले मिलेमतो गरी नक्कली कागजात खडा गरेको आरोप थियो। नक्कली कागजात तयार गरी प्लट घडेरी आफन्त लगायतका नाममा कम रकम बुझाएर हक हस्तान्तरण गरेको कसुर थियो।

८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट छुटे लामिछाने बिहीबार, पुस २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

हेटौँडामा होटलको कोठाभित्र पलेँटी कसेर बसेको अवस्थामा मृत भेटिए युवक बिहीबार, पुस २५, २०८१ शाह पुस १५ देखि होटलमा निरन्तर बस्दै आएका थिए । दिउँसो काम गर्न जान्छु भनेर निस्किने र साँझ होटलमा आएर बस्ने गरेको डीएसपी अर्यालले बताए । आज बिहान ढोका नखुलेको र मृतक शाह होटल बाहिर पनि निस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा शङ्कास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

लामिछानेलाई फेरि पक्राउ गर्ने कि नगर्ने भन्ने कानुनी परामर्शमा कास्की प्रहरी बिहीबार, पुस २५, २०८१ 'यहाँको जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश गरिसकेको छ । काठमाडौंमा पनि अभियोगपत्र दर्ता भएको छ । अब यहाँबाट पक्राउ गरेर काठमाडौंलाई बुझाउने कि पक्राउ नगरी आफैं अदालतमा उपस्थित हुन दिने भन्नेबारे कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छौं,' कास्की प्रहरीका उच्च अधिकारीले भने ।

रवि लामिछानेको हकमा यस्तो छ कास्की अदालतको आदेश बिहीबार, पुस २५, २०८१ जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।