News Griha :: न्यूजगृह
विदेशी सम्बन्धनका ७० प्रतिशत कलेज मापदण्डविपरीत, खारेज गर्न सिफारिस
विदेशी सम्बन्धनका ७० प्रतिशत कलेज मापदण्डविपरीत, खारेज गर्न सिफारिस १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेमा शुल्क छुट गरी सो बराबरको नदिइएको पनि प्रतिवेदनमा उल्लेख छ।
छबिलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो
छबिलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ। उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।
हंगेरीसँग बराबरीमा रोकियो जर्मनी
हंगेरीसँग बराबरीमा रोकियो जर्मनी यूईएफा नेसन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा हंगेरीले जर्मनीलाई बराबरीमा रोकेको छ।९९औं मिनेटमा डोमिनिक सोबोस्जलाइले पेनाल्टीमा बराबरी गोल फर्काएपछि हंगेरीले जर्मनीलाई अंक बाड्न बाध्य पारेको हो।
रुसी भूमिमा युक्रेनको लामो दुरीको हमला
रुसी भूमिमा युक्रेनको लामो दुरीको हमला युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार आक्रमण गरेको हो।
उपचार गराउँदा गराउँदै मेडिसिटी अस्पतालबाट मिर्गौला गायब !
उपचार गराउँदा गराउँदै मेडिसिटी अस्पतालबाट मिर्गौला गायब ! नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्। अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन्।
भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै
भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्।  राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्री लाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाको छ।
शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा द्वन्द्वपीडित
शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा द्वन्द्वपीडित द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ।
पश्चिमी वायुको प्रभाव : यी तीन प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव : यी तीन प्रदेशमा वर्षाको सम्भावना देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
डडेलधुरा जीप दुर्घटना : मृतकको पहिचान खुल्यो
डडेलधुरा जीप दुर्घटना : मृतकको पहिचान खुल्यो जिल्ला प्रहरी कार्यालयका डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
Weather Update