कमिसन खानलाई देउवाले विमानस्थल बनाउन खोजे : माधव नेपाल बिहीबार, पुस २५, २०८१

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ बिहीबार, पुस २५, २०८१ वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु बिहीबार, पुस २५, २०८१ दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार रातिको हो । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दीक्षाले केही समयअघि मात्रै नेपाल आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् ।

दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो काभ्रेमा तोडफोड बिहीबार, पुस २५, २०८१ यात्रु लिएर काठमाडौं हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक केवल राईले गाडी भगाएर काभ्रे प्रहरी चौकी पुर्याएको यातायात प्रालिका अध्यक्ष टेकिन्द्र राईले बताए ।
-1736401760.jpg)
झोलुङ्गे पुल बनाउन भारतसँग अनुमति र मानसरोवर पासका लागि चीनसँग कुटनीतिक पहल गर्न आग्रह बिहीबार, पुस २५, २०८१ साथै प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासबाट दार्चुलाको तिंकर नाकाबाट चीनको ताक्लाकोटमा व्यापारिक प्रयोजन र कैलाश मानसरोवर यात्राका लागि विगतमा जस्तै आवतजावत गर्न अनुमति प्रदान गर्ने व्यवस्थाका लागि चीनसँग कुटनीतिक पहल गरिदिन सांसद बडूले परराष्ट्र मन्त्री राणालाई भेटेर आग्रह गरेका हुन्।

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ बिहीबार, पुस २५, २०८१ मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बिहीबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? बिहीबार, पुस २५, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा दिँदै बाबुरामले के भने? बिहीबार, पुस २५, २०८१ एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरु भएर मङ्गलबार सकिएको थियो। एमालेले आइतबार नै राजनीतिक र साङ्गठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भए पनि अहिलेसम्म सार्वजनिक भएको छैन।

रविसहित सातै जनालाई अदालत लगियो, आजै छुनछेक आदेश आउने सम्भावना, सुरक्षा व्यवस्था कडा बिहीबार, पुस २५, २०८१ सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको जवाफी बहस आज, थुनछेक आदेश आजै आउला? बिहीबार, पुस २५, २०८१ सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाविरुद्धको थुनछेकमा प्रतिवादी र जाहेरवालाका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकिलले बिहीबार (आज) जवाफी बहस गरेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउनेछ ।
-1736307331.jpg)
यस्तो छ आज दिनभरिको मौसम बिहीबार, पुस २५, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

सुख्खा हिउँदले ल्याउँदैछ संकट बिहीबार, पुस २५, २०८१ जल तथा मौसम विज्ञान विभागले पनि यसपटक पनि औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ। विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको बताए।

चीन र भारतमा देखिएको ह्युमन मेटान्यूमो भाइरस के हो ? बिहीबार, पुस २५, २०८१ पछिल्ला केही सातायता चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । ती तस्बिर तथा भिडियोहरूका आधारमा चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को संक्रमण फैलिएको अनुमान गरिएको छ ।