घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अरू जिल्लामा कति ? मंगलबार, मंसिर ४, २०८१
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल मंगलबार, मंसिर ४, २०८१ नेपालबाट १४ करोड ९२ लाख बराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ टन कफी आयात भएको छ। यो आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क हो।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन मंगलबार, मंसिर ४, २०८१ यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। यसपछि दिउँसो ३ देखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ मंगलबार, मंसिर ४, २०८१ रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।चौरजहारी नगरपालिका वडा नम्बर २ की दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंमा १० डिग्री सेल्सियसबाट तल ओर्लियो तापक्रम मंगलबार, मंसिर ४, २०८१ सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो।
त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार मंगलबार, मंसिर ४, २०८१ नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार रोराङ गाउँपालिका–१० खयरघारीमा बिहान ५:५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।
विदेशी मुद्राको विनिमयदर: कुन घट्यो कुन बढ्यो? मंगलबार, मंसिर ४, २०८१ नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ। बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ।
आज मंगल चौथी, भगवान् गणेशको आराधना गर्ने दिन मंगलबार, मंसिर ४, २०८१ चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका स्वामी पनि गणेश नै मानिएका छन्। त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागि उपयुक्त मानिन्छ।
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी, को हुन् ती? मंगलबार, मंसिर ४, २०८१ उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो। ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो। कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो।
असोज ११ र १२ को बाढीपहिरोको ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी मंगलबार, मंसिर ४, २०८१ नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्।
कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द मंगलबार, मंसिर ४, २०८१ कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ। सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो।
गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्रयाक खोल्न बन्द मंगलबार, मंसिर ४, २०८१ नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरू निर्वाचित भएर आएपछि करिब दुई सय २० किमि बढी सडक निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमि ग्रामीण सडक रहेका छन्।
आज यी दुई प्रदेशमा वर्षाको सम्भावना मंगलबार, मंसिर ४, २०८१ आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।