भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन मंगलबार, पुस २३, २०८१

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ मंगलबार, पुस २३, २०८१ सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति मंगलबार, पुस २३, २०८१ खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन मंगलबार, पुस २३, २०८१ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्प : काठमाडौंमा एक व्यक्ति घरको छतबाट हामफाले, बारामा विद्यार्थी बेहोस् मंगलबार, पुस २३, २०८१ काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै मंगलबार, पुस २३, २०८१ प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, 'अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।'

तिब्बतको भूकम्पले काठमाडौंलाई हल्लाएको थियो २५ सेकेन्ड मंगलबार, पुस २३, २०८१ भूकम्पले लामो समय हल्लाएको छ । 'काठमाडौंमा २० देखि २५ सेकेन्डसम्म हल्लाएको छ,' भूकम्पविद् लोकविजय अधिकारीले भने, 'ठाउँमा अनुसार लामो र छोटो समय हल्लाउने हुन्छ ।'
तिब्बत भूकम्प : कम्तीमा ३६ जनाको मृत्यु मंगलबार, पुस २३, २०८१ मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ मंगलबार, पुस २३, २०८१ उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको एआईजी थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु मंगलबार, पुस २३, २०८१ चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प मंगलबार, पुस २३, २०८१ स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।

काठमाडौंमा भूकम्प गयो मंगलबार, पुस २३, २०८१ काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ। भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।
![कुलमानलाई हटाउन सरकारको आरोप- फरक मत राखे, कार्यसम्पादन मूल्यांकन गर्न सकिएन [९ बुँदासहित]](https://newsgriha.com/uploads/posts/kulman-ghising-1723196891.jpg)
कुलमानलाई हटाउन सरकारको आरोप- फरक मत राखे, कार्यसम्पादन मूल्यांकन गर्न सकिएन [९ बुँदासहित] मंगलबार, पुस २३, २०८१ सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन अन्तिम तयारी गरेको छ। सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे पत्राचार गरी ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए सेवाबाटै हटाउने पत्रमा लेखिएको छ। ७ दिनमा स्पष्टीकरण नदिए थप कारबाही अघि बढाउने चेतावनी पनि दिइएको छ।