अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो मंगलबार, पुस २३, २०८१

गण्डकीदेखि कोशीसम्म वर्षाको सम्भावना, काठमाडौंमा के हुन्छ ? मंगलबार, पुस २३, २०८१ देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज वर्षा र हिमपातको सम्भावना रहेको हो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा मंगलबार, पुस २३, २०८१ लिबरल पार्टीको अर्को नेता चयन नहुँदासम्म उनी प्रधानमन्त्री रहने छन्। पछिल्लो समय मतदातामाझ लोकप्रियता घट्दै गइरहेको भन्दै लिबरल पार्टीभित्रै उनलाई राजीनामा गर्न दबाब थियो। क्यानडामा यसै वर्ष अक्टोबरभन्दा अगाडि चुनाव हुनेछ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमाले फर्किए सोमबार, पुस २२, २०८१ एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराए । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए ।

भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन सोमबार, पुस २२, २०८१ यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन...
![काठमाडौंबाट कुन गन्तव्यमा पुग्न कति लाग्छ भाडा ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/yatru-dashain-busspark-1697279000.jpg)
काठमाडौंबाट कुन गन्तव्यमा पुग्न कति लाग्छ भाडा ? [सूचीसहित] सोमबार, पुस २२, २०८१ यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम २०८० साउन ३१ मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू सोमबार, पुस २२, २०८१ यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी सोमबार, पुस २२, २०८१ मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको इकान्तिपुरलाई बताए । पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।

शेयर बजारमा हरियाली, ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार सोमबार, पुस २२, २०८१ नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा...

स्वर्णलक्ष्मी सहकारीमा कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन सोमबार, पुस २२, २०८१ राई सांसद भएको चर्चापछि अनुसन्धान प्रारम्भ गर्न प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए। ‘उहाँ नै हो कि होइन पहिचान गर्नू। हो भने अनुसन्धान प्रारम्भ गर्नु भनेर बोलाएर भनिसकेको छु,’ उनले भने, ‘म्याद तामेली गर्नका लागि हामीलाई वतन चाहिन्छ। बतन र तीन पुस्ते चाहिन्छ।’

राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडासँग हृदयराम थानीको नोकझोंक सोमबार, पुस २२, २०८१ राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केहीबेर अवस्था असामान्य बनेको थियो ।त्यसक्रममा थानीले भने, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस्।’

रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी सोमबार, पुस २२, २०८१ थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको...

भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’ सोमबार, पुस २२, २०८१ भारतको कर्नाटकमा ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी)का दुई घटना सार्वजनिक भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘कर्नाटकमा नियमित परीक्षणका क्रममा आईसीएमआरले एचएमपीभीका दुई घटना पत्ता लगाएको छ ।’