News Griha :: न्यूजगृह
माओवादीले एक वर्षभित्र नवौं महाधिवेशन गर्ने
माओवादीले एक वर्षभित्र नवौं महाधिवेशन गर्ने तर अध्यक्ष प्रचण्डले अहिले माओवादीमाथि जनताको भरोसा बढेको भन्दै पहिले जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि महाधिवेशनको मिति तोक्ने बताएका हुन्। उनले उक्त महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। अध्यक्ष प्रचण्डले ६ महिनाभित्र सबै विचार मिल्ने र माओवादीको लिगेसी बोकेका दलहरूसँग एकता गरिसक्ने बताए।
देउवा–लिङ्देन भेटवार्ता
देउवा–लिङ्देन भेटवार्ता सभापति देउवालाई भेट्न लिङ्देन उनकैनिवास बूढानीलकण्ठ गएका हुन् । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव
यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव जसमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।
रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो
रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो उनका अनुसार लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको हो । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् ।
भूकम्प अपटेड : नेपालमा १३ घाइते
भूकम्प अपटेड : नेपालमा १३ घाइते उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ३८ करोड ४६ लाख...
पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन : भूकम्पविद्
पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन : भूकम्पविद् पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए। भूकम्पको भविष्यवाणी...
बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा प्रमाण झिकाउने आदेश
बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा प्रमाण झिकाउने आदेश नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउने आदेश गरेको हो । 
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ ।हालसम्म भूकम्पमा परी ९५ जनाको मृत्यु भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।
तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु
तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर...
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । 
नेपालमा भूकम्पको क्षतिबारे के भन्छन् सुरक्षा निकाय?
नेपालमा भूकम्पको क्षतिबारे के भन्छन् सुरक्षा निकाय? नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए। 'सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,' उनले भने। 
Weather Update