News Griha :: न्यूजगृह
बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ
बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौंको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ ।
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय ‘जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयिकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।
दुई छोरीको हत्या आरोपमा आमा पक्राउ
दुई छोरीको हत्या आरोपमा आमा पक्राउ बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिए।
हवाई यात्रामा तीव्र वृद्धि, कुन विमानस्थलबाट कतिले गरे यात्रा?
हवाई यात्रामा तीव्र वृद्धि, कुन विमानस्थलबाट कतिले गरे यात्रा? यो संख्या अघिल्लो वर्षको तुलनामा २२.४५ प्रतिशतले बढी हो। सन् २०२३ मा अन्तर्राष्ट्रिय र आन्तरिक गरी एक करोड ३२ लाख ९३ हजार ६८४ जनाले यात्रा गरेका थिए। यसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या सबैभन्दा धेरै छ।
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
शेख हसिनाको पासपोर्ट रद्द
शेख हसिनाको पासपोर्ट रद्द युनुसले सरकार प्रमुखको रूपमा शपथ लिँदा नै पासपोर्ट रद्द गर्ने बताएका थिए। हसिनाको पासपोर्ट रद्द भएसँगै भारतमा उनको बसाइ कठिन हुने विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्। हसिनालाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार समेत गरेको थियो। 
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
साढे ३ करोड चोरीको आरोपमा लागेका युवालाई धरौटीमा छाड्न आदेश
साढे ३ करोड चोरीको आरोपमा लागेका युवालाई धरौटीमा छाड्न आदेश एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदलतले आदेश दिएको छ ।
ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु
ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु उनलाई  बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए। सोही ठाउँमा रहेको  बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो।
नुवाकोट कारागारमा कैदीबन्दी स्थानन्तरण हुनेक्रम जारी
नुवाकोट कारागारमा कैदीबन्दी स्थानन्तरण हुनेक्रम जारी नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए।
सूर्यदर्शन सहकारी ठगी: आज थुनछेक बहस सक्ने तयारी
सूर्यदर्शन सहकारी ठगी: आज थुनछेक बहस सक्ने तयारी सम्भव भएसम्म आज बेलुकीसम्ममा बाँकी ३ जना प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरूको बहस सक्ने तयारी गरिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।  यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो। लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन...
Weather Update