बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ
काठमाडौं— नेकपा एमाले काठमाडौं जिल्ला समिति सदस्य पूर्णमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपमा पुस २२ (गत सोमबार)मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौंको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ ।
पक्राउ परेपछि नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ ०६:१९