News Griha :: न्यूजगृह
सडकमा माटो खसाल्ने समिट होटेलका टिपर र ट्रकलाई पाँच हजार जरिवाना
सडकमा माटो खसाल्ने समिट होटेलका टिपर र ट्रकलाई पाँच हजार जरिवाना ललितपुर महानगरपालिकाले सानेपास्थित समिट होटेल निर्माणको क्रममा टिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा असर पुर्‍याएपछि मिनी ट्रकलाई कारबाही गरेको छ। महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ बमोजिम बा ५ ख ५४४३ नं. को मिनी ट्रकलाई सडकमा फोहोर गरेबापत  पाँच हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
हुस्सु र कुहिरोले धेरै ठाउँमा प्रभावित भयो हवाई उडान
हुस्सु र कुहिरोले धेरै ठाउँमा प्रभावित भयो हवाई उडान पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ। गत बिहीवार थाइल्याण्डको बैंककबाट आएको थाइ एअर एसियाको विमान भैरहवामाथि आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो।
स्वर्गीय दमननाथ ढुंगानाको सोमबार अन्त्येष्‍टि गरिने
स्वर्गीय दमननाथ ढुंगानाको सोमबार अन्त्येष्‍टि गरिने पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएका उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दुःख व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु।’
भारतद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
भारतद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ। त्यसका साथै, हाइपरसोनिक क्षेप्यास्त्रहरू लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्छन् र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिन्छ।
रूपन्देहीमा कुटपिटबाट एकको मृत्यु
रूपन्देहीमा कुटपिटबाट एकको मृत्यु गम्भीर घाइते भएका सहनीलाई भीम अस्पताल लगिएको थियो। तर धेरै रगत बगेकाले मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। कुटपिट गर्ने ३ मध्ये २ जनालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको र मुख्य आरोपी अजयलाई शनिबार बिहान पक्राउ गरेको एसपी सिंहले जानकारी दिए।
दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो
दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो। निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकोले लिफ्ट बिग्रेको उनको भनाइ छ। 
हुम्लामा आफ्ना उम्मेदवार अपहरण भएको रास्वपाको दाबी
हुम्लामा आफ्ना उम्मेदवार अपहरण भएको रास्वपाको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको दाबी गरेको छ। पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।
सामान्य अंकले बढेको नेप्सेमा पौने १२ अर्बको कारोबार
सामान्य अंकले बढेको नेप्सेमा पौने १२ अर्बको कारोबार बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो। सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ। १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो। यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन उनी २०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए। अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइ पुर्‍याउँदा उनको निधन भइसकेको थियो। ८३ वर्षको उमेरका उनको निधन भएको हो।
रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ
रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ। ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ।
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए। उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो।’ 
Weather Update