रास्वपाको केन्द्रीय समिति बैठक आज पनि, यी विषयमा हुँदैछ छलफल आइतबार, पुस २१, २०८१

माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, पुस २१, २०८१ यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उgLबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने, स्रोत सुनिश्चित भएन आइतबार, पुस २१, २०८१ बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक आजबाट आइतबार, पुस २१, २०८१ सोमबारसम्म चल्ने बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमा आधारित भएर प्रत्येक सदस्यलाई धारणा राख्न दिने तयारी एमालेले गरेको छ। बैठकमा एमालेले सरकारको समीक्षा पनि गर्नेछ। दुई दिनअघि बसेको सचिवालय बैठकले सरकारको काम अपर्याप्त रहेको निष्कर्ष निकालेको थियो।

भोलि वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान आइतबार, पुस २१, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा आइतबार, पुस २१, २०८१ नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव छन् ।

ज्वरो आएको छ ? इन्फ्लुएन्जा हुनसक्छ, यी हुन् लक्षण आइतबार, पुस २१, २०८१ यसको रोकथामका निम्ति बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्न केन्द्रले सचेत गराएको छ । खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्न, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न, शारीरिक रूपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ तथा पौष्टिक खाना खान र...

मोरङ कारागारमा रहेका कैदीको मृत्यु शनिबार, पुस २०, २०८१ जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए । महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् ।

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च शनिबार, पुस २०, २०८१ बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो । चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे । समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन । हाल यी बच्चा तीन वर्षका भइसकेका छन् । यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन् ।

हत्या गरी गाडिएको अवस्थामा व्यवसायीको शव फेला शनिबार, पुस २०, २०८१ प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर युवकको नाम भने प्रहरीले खुलाएको छैन । मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला शनिबार, पुस २०, २०८१ काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् ।गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक शनिबार, पुस २०, २०८१ सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ। उक्त परिमाणको लगानी हुँदा ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने बताए।

प्राकृतिक विपद् : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बिमा दाबी शनिबार, पुस २०, २०८१ गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ ।नेपाल बिमा प्राधिकरणका अनुसार कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार...