किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी शनिबार, मंसिर १, २०८१
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन शनिबार, मंसिर १, २०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ। बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
सामान्य हिसाबको कामले राजस्वको लक्ष्यमा पुगिँदैन : अर्थमन्त्री शनिबार, मंसिर १, २०८१ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
भालुको आक्रमणबाट एक जनाको मृत्यु शनिबार, मंसिर १, २०८१ आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो। शुक्रबार गोपिलालसहित ७/८ जना बाख्रा खोज्न जंगल पुगेका थिए।
धनकुटामा ३० हजार बढी गाँजाका बोट नष्ट शनिबार, मंसिर १, २०८१ धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ।
विवाह पञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो शनिबार, मंसिर १, २०८१ विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषद्का पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्। भगवान सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन्।
उपनिर्वाचन : रौतहटको गढीमाई–८ मा दलहरूको प्रतिष्ठा भिडन्त शनिबार, मंसिर १, २०८१ आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई रौतहटमा राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्।विशेषगरी, गढीमाई नगरपालिकाको वडा नं. ८ को चुनावमा दलहरू बीचको प्रतिस्पर्धा तीव्र बनेको छ। जसपा नेपाल, एमाले, नेपाली कांग्रेस, र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरू मैदानमा उत्रेका छन्।
स्थानीय तह उपनिर्वाचन: धमाधम उम्मेदवार टुंग्याउँदै दलहरु शनिबार, मंसिर १, २०८१ निर्वाचन कार्यतालिकाअनुसार मंसिर २ गते आइतबार मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन, मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी, उजुरी उपर जाँचबुझ र निर्णय, मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन, ५ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको छ।
किलोमा ३० रूपैयाँ सस्तियो मटरकोशा, यस्तो छ आज तरकारीको भाउ शनिबार, मंसिर १, २०८१ कालीमाटी तरकारी बजारमा शनिबार मटरकोशाको भाउ किलोमै ३० रूपैयाँ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मटरकोशाको भाउ प्रतिकिलो १२० देखि १३० रूपैयाँ प्रतिकिलो छ।
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु शनिबार, मंसिर १, २०८१ भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ शनिबार, मंसिर १, २०८१ अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन्।
झाँसीमा अस्पतालको एनआईसीयूमा आगलागी, १० नवजात शिशुको मृत्यु शनिबार, मंसिर १, २०८१ भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ। शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो।
आजदेखि काठमाडौंमा एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक शनिबार, मंसिर १, २०८१ सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौंमा ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ।