प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि शुक्रबार, पुस १९, २०८१

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शुक्रबार, पुस १९, २०८१ राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ...

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान शुक्रबार, पुस १९, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।

१९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो शुक्रबार, पुस १९, २०८१ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

बुद्ध एअरको आपतकालीन ढोका खोल्ने २ यात्रुलाई एक/एक लाख जरिवाना शुक्रबार, पुस १९, २०८१ बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौं (उडान सङ्ख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६:४० मा काठमाडौंका लागि उक्त विमान उडेको थियो ।

बझाङमा जीप दुर्घटना : जीपमा सवार चारै जनाको मृत्यु शुक्रबार, पुस १९, २०८१ बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

लक्ष्मी स्टिल उद्योगमा काम गरिरहेका मजदुरको मृत्यु बिहीबार, पुस १८, २०८१ फ्याक्ट्रीभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लन गई लड्दा सोही फ्याक्ट्रीको सामान ओसारपोसार गर्दै गरेको लु १ क ३००१ नम्बरको क्रेनको चक्कामा परेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नवलपरासीपश्चिमका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता बिहीबार, पुस १८, २०८१ प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ । करिब दुई घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।

नेपाल प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस बिहीबार, पुस १८, २०८१ भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुन्धान कार्यालय, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन् ।
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित बिहीबार, पुस १८, २०८१ कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

तीन लघुवित्तसहित नेप्सेले गर्यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति? बिहीबार, पुस १८, २०८१ साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले हिमालयन डिष्टिलरीको १५ प्रतिशत, कालिका लघुवित्तको ९.५ प्रतिशत र कालिका पावरको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

अमेरिकामा कर छलेको कुरा उठेपछि रवि लामिछानेले इजलासमै जनाए आपत्ति बिहीबार, पुस १८, २०८१ लामिछानेले नेपालमा मात्र नभएर अमेरिकामा पनि कर छली गरेर नेपाल आएको र अमेरिकाको विभिन्न अदालतमा मुद्दा रहेको कुरा उठाएका थिए। भण्डारीले उक्त कुरा उठाउन थालेपछि लामिछानेले हात उठाएर ‘अब्जेक्सन’ भनेको सहकारी पीडितका अर्का कानुन व्यवसायी अधिवक्ता युवराज पराजुलीले बताए।

माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल बिहीबार, पुस १८, २०८१ बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।