News Griha :: न्यूजगृह
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ।
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय...
बनारसी धाममा तोडफोड
बनारसी धाममा तोडफोड मन्दिरमा चढाइएको सुन, दानपेटिका, शंख, घन्टसहित आरती, घन्ट, कलस, श्रृङ्गार पोशाक, पुस्तक, पूजा सामग्रीलगायतका सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गणेश दत्त पन्तले जानकारी दिए।
काठमाडौं महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन खोज्दा नेपवेस्ट अदालतमा, पाएन अन्तरिम आदेश
काठमाडौं महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन खोज्दा नेपवेस्ट अदालतमा, पाएन अन्तरिम आदेश काठमाडौं महानगरपालिले फोहोर संकलन र ढुवानीका लागि अघि बढाएको ठेक्का प्रक्रिया रोक्न अदालतले अस्वीकार गरेको छ। उच्च अदालत, पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले उक्त प्रक्रिया रोक्ने गरी आदेश दिन अस्वीकार गरेको हो।
काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु
काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
रुपन्देहीमा रवि लामिछानेको बयान सकियो
रुपन्देहीमा रवि लामिछानेको बयान सकियो बयान सकिए पनि त्यसलाई नम्बरिङ गरेर क्रमवद्ध गर्न, शुद्धाशुद्धी हेरेर भाषा मिलाउन जिल्ला न्यायाधिवक्तालाई समय लागेकाले पूर्वनिर्धारित फ्लाइटमा  पोखरा पठाउने समय तालिका परिवर्तन भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार मौसमले साथ दिएमा साँझ ८ बजेसम्मको फ्लाइटमा लामिछानेलाई पोखरा पठाइने छ।
काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए
काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु र छोरा दुई महिनाका मृत भेटिएका हुन्।
गच्छदारसहितका मन्त्रीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट
गच्छदारसहितका मन्त्रीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई अभियुक्त नै नबनाएको र प्रतिवादी बनाएका मन्त्रीहरूलाई समेत अदालतले सफाइ दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन्। वरिष्ठ अधिवक्ता न्यौपानेको यो तेस्रो रिट हो।
यू–१९ विश्वकपमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार
यू–१९ विश्वकपमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार आईसीसी महिला यू१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई बधाइ दिँदै पुरस्कार दिने घोषणा गरेको हो। क्यानले नेपाली टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्नेछ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्यान्ह १२:४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्‍याइने भएको हो।
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द !
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द ! चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ।
Weather Update