भीम रावलको पत्रकार सम्मेलन
ओलीमाथि आरोपको ओइरो, पार्टी खोल्न हतार छैन [पूर्णपाठ]
काठमाडौं— नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोशपूर्ण आरोप र प्रश्नको वर्षा गरेका छन् ।
पार्टीबाट निकालिएपछि बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीमाथि सयौं आरोप लगाउँदै प्रश्न र प्रतिप्रश्न गरे।
रावलले बुधबार पार्टी घाषणा गरेनन् । उनले राज्यसत्तासँग असन्तुष्ट सम्पूर्ण शक्तिलाई समेटेर त्यसअघि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ ।
पूर्णपाठ:–
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १६:१३