News Griha :: न्यूजगृह
प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं— आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:२४
Weather Update