श्रीलंकामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ मत शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुला दुर्घटनामा घाइते चार जनाको हेलिकप्टरबाट उद्धार शुक्रबार, कात्तिक ३०, २०८१ शुक्रबार शैल्यशिखर नगरपालिका–६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
काठमाडौंको फोहरमा राजनीति गर्ने दिन सकियो: बालेन शुक्रबार, कात्तिक ३०, २०८१ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहरमा राजनीति गर्ने दिन सकिएको बताएका छन्। महानगरले फोहर व्यवस्थापन र ढुवानीमा गराउन खोजेका प्रतिस्पर्धामा अवरोध पुग्ने गरी नेपवेष्टले हालेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश नदिएको उल्लेख गर्दै मेयर शाहले फोहर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको बताएका हुन्।
बढ्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक ३०, २०८१ यस अनुसार छापावाल सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ।
मंसिरका लागि पनि बैंकहरूले घटाए ब्याजदर शुक्रबार, कात्तिक ३०, २०८१ मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ। कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता शुक्रबार, कात्तिक ३०, २०८१ अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो।
दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो शुक्रबार, कात्तिक ३०, २०८१ शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष साहको निधन शुक्रबार, कात्तिक ३०, २०८१ वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने शुक्रबार, कात्तिक ३०, २०८१ खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ।
दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा शुक्रबार, कात्तिक ३०, २०८१ भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ। मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो।
रवि लामिछानेलाई पोखरा पठाइँदै शुक्रबार, कात्तिक ३०, २०८१ बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रूपन्देही पुर्याइएका रवि लामिछानेलाई शुक्रबार (आज) पोखरा पठाइँदै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रूपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो।
आज बंगलादेश बिजुली पठाइँदै शुक्रबार, कात्तिक ३०, २०८१ बंगलादेशमा आज एकदिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुँदैछ। मध्यान्ह १२:४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् निर्यात हुन लागेको हो।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरी विद्युत निर्यात सुरु गर्ने बताए।
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते शुक्रबार, कात्तिक ३०, २०८१ सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ।