भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन

काठमाडौं— चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका इकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको हो।
जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १३:५१