काठमाडौंमा भूकम्प गयो

काठमाडौं— काठमाठौंमा शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ। भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०६:५५













