News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय

काठमाडौं— सरकारले सशस्त्र प्रहरीका चार नायब महानिरीक्षक (डीआईजी)को पदावधि एक वर्ष थप गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो । आजै राति १२ बजेबाट लागू हुनेगरि सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।

उनीहरू मंगलबार मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साताअघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।

सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०६:२६
Weather Update