सूर्यदर्शन सहकारी प्रकरणः ३ आरोपित धरौटी बुझाएर छुटे
काठमाडौं— सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपितमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।
आरोपित सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५र५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर, काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले उनी तत्काल छुट्ने छैनन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १८:५२