News Griha :: न्यूजगृह
ठूला दलनिकट कर्मचारी संगठनले दिए ट्रेड युनियन खारेज गरे हडतालमा उत्रिने धम्की
ठूला दलनिकट कर्मचारी संगठनले दिए ट्रेड युनियन खारेज गरे हडतालमा उत्रिने धम्की प्रमुख तीन दलनिकट कर्मचारी संगठनका नेताहरूले निजामती विधेयकलाई सकसमा पारेका छन् । उनीहरूले दलीय ट्रेड युनियन खारेज गरे हडतालमा उत्रिनेसम्मको धम्की दिएका छन् ।
प्रचण्ड, माधवकुमार नेपाल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
प्रचण्ड, माधवकुमार नेपाल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता सिंहदरबारमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको छ।
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण घिसिङले भदौ महिनाभित्र विवरण उपलब्ध नगराएको, त्यसपछि पटकपटक माग गर्दा पनि दिन अटेर गरेकाले कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ? भन्ने स्पष्टीकरण मन्त्रालयले गत पुस २२ मा सोधेको थियो ।आफूसँग गरिएको कार्यसम्पादन करारअनुरुप पदबाट हटाउने तयारी सरकारले गरेपछि घिसिङले कार्यसम्पादन विवरण मन्त्रालयलाई...
बुटवलको सुप्रिम सहकारीको प्रतिवेदन बुझायो प्रहरीले, रवि पनि प्रतिवादी
बुटवलको सुप्रिम सहकारीको प्रतिवेदन बुझायो प्रहरीले, रवि पनि प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटी रकम बुझाएर रिहा भए। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा...
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ? पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लङ्घन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो । निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटकपटक सूचना जारी गरेको थियो । त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो ।
५ हजार ८४६ फरार प्रतिवादी पक्राउ
५ हजार ८४६ फरार प्रतिवादी पक्राउ केन्द्रीय अनुसन्धान ब्युरोले ५४ जना पक्राउ गरेको छ । निजहरूबाट रु ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ । निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको सञ्चारमन्त्रीले गरे बचाउ
प्रधानमन्त्रीको अभिव्यक्तिको सञ्चारमन्त्रीले गरे बचाउ शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए । सहमतिलाई असर पुग्ने कुनै काम नहुने उनले स्पष्ट पारेका हुन् ।
रवि लामिछाने काठमाडौं अदालतमा आइतबार मात्र हाजिर हुने
रवि लामिछाने काठमाडौं अदालतमा आइतबार मात्र हाजिर हुने पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इलालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम...
मार्सी धानको मूल्य प्रति केजी १२० रुपैयाँ
मार्सी धानको मूल्य प्रति केजी १२० रुपैयाँ जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग बाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मुल्य समायोजन गरेर धानको मुल्य तोकिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए ।
काठमाडौंसहित देशका यी स्थानमा फेरि वर्षाको सम्भावना
काठमाडौंसहित देशका यी स्थानमा फेरि वर्षाको सम्भावना देशका केही स्थानमा शनिबार (भोलि) राति र आइतबार (पर्सि) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबार रातिदेखि बढ्नेछ । त्यसको प्रभाव आइतबार बढी हुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
Weather Update