News Griha :: न्यूजगृह
धनगढीमा आगलागी, सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति
धनगढीमा आगलागी, सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत सर्ट भएर आगलागी भएको एसपी पालले बताए । उनका अनुसार चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको नम्बर ३४ गणको टोलीसमेत परिचालन गरिएको थियो ।
यी तीन प्रदेशमा हिमपातको सम्भावना
यी तीन प्रदेशमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा छ । विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० नम्बरको ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
के हुँदैछ मंसिर ७ मा?, प्रधानमन्त्रीले किन लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ?
के हुँदैछ मंसिर ७ मा?, प्रधानमन्त्रीले किन लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ? मंसिर ७ को मिति नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाका विषयमा चासो राखेका छन् । मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको अभियान र नेकपा एमालेको युवा दस्ता राष्ट्रिय युवा संघले एकै साथ काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले मुलुकका चार वटै सुरक्षा...
भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय विमानमध्ये नेपाल एअरलाइन्स उत्कृष्ट
भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय विमानमध्ये नेपाल एअरलाइन्स उत्कृष्ट भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एअरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो ।
माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा 
माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा  नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले, आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन् ।पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाए । 
माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ 
माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ  नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो । 
नक्कली नोटसहित २ पक्राउ 
नक्कली नोटसहित २ पक्राउ  पक्राउ परेका दुबै जनामाथि खोटा चलनसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो ‘जीवन बीमा’ योजना
सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो ‘जीवन बीमा’ योजना कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।
ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ
ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ गत कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा असई रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा : महासचिव वैद्य
नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा : महासचिव वैद्य नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले, अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताए । 
Weather Update