काठमाडौं— सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘जीवन बीमा’ योजना सुरु गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सले नयाँ जीवन बीमा उद्घाटन गरिएको हो ।
कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।
उनले भने, ‘यो प्रदेशका सरकारहरूसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होइन संसारभरि नै सबैभन्दा ठूलो समस्या के छ भने । जसरी संसारभरका सरकारले नै बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’
बैंकले रकम रक्षा गर्ने र बीमाले जीवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको उनको भनाई छ । कम्पनीले र प्राधिकरणले नै बिमाको राम्रो सँग प्रचार नगरेको उनको गुनासो छ ।
‘अब संसारको हामीले हेर्नुपर्ने पाटो के हो भने, हामीले बुझाउन खोजेको कुरा के भने बैंक र बीमामा एकदमै ठूलो मूलभूत फरक छ ।’ उनले भने ‘बैंकले तपाईंको रकम जम्मा गरिरहेको हुन्छ । यसले तपाईंको जीवनको रक्षा गरिरहेको हुन्छ। तर त्यो कुराको प्रचार कम्पनीले र प्राधिकरणले नै राम्रो सँग गरेको छैन् ।’