श्रीलङ्काको पोष्टमा ६ गोल गर्दै नेपाल वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनलमाबिहीबार, कात्तिक ८, २०८१
-1729734349.jpg)
जापानविरुद्ध अग्रता लिएको नेपालले खायो ९ गोल बिहीबार, कात्तिक ८, २०८१ एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल साविक विजेता जापानसँग पराजित भएको छ। कताको हमाद हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित हुन पुग्यो। खेलमा सविनकुमार लुङ्गेली मगरले १२औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो।

एक दिवसीय अभ्यास खेल: अमेरिकासँग नेपाल ४ विकेटले पराजित बुधबार, कात्तिक ७, २०८१ अमेरिकामा तीन खेलको टी–२० आई सिरिज क्लीन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय अभ्यास खेलमा भने पराजित भएको छ।

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै मंगलबार, कात्तिक ६, २०८१ नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ।वर्षैँदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो।

बागमती प्रदेशमा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न मंगलबार, कात्तिक ६, २०८१ बागमती प्रदेशको आयोजनामा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न भएको छ।

माल्दिभ्सविरुद्ध नेपालको ११ गोल सोमबार, कात्तिक ५, २०८१ रेखा पौडेल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ।

नेपालद्वारा अमेरिकाविरुद्धको टी२० सिरिज क्लिनस्वीप सोमबार, कात्तिक ५, २०८१ तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो। पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो।

नेपाललाई अमेरिकाबाट १५७ रनको लक्ष्य, सोमपाल कामीको घातक बलिङ सोमबार, कात्तिक ५, २०८१ सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको हो।

साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना सोमबार, कात्तिक ५, २०८१ घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ।

सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज आइतबार, कात्तिक ४, २०८१ नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो ।

कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा अमेरिकासामु चुनौतीपूर्ण लक्ष्य आइतबार, कात्तिक ४, २०८१ कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रियमा आइतबार अमेरिकासामु १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।

अमेरिकाले सन्दीपलाई दियो भिसा शुक्रबार, कात्तिक २, २०८१ अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ। शुक्रबार डलासमा भएको पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको छ।

पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्यो शुक्रबार, कात्तिक २, २०८१ अमेरिका भ्रमणमा रहेको नेपालले शुक्रबार सुखद सुरुआत गरेको छ। नेपालले डलासमा भएको पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको हो। यससँगै तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ। अब दोस्रो खेल शनिबार हुनेछ।