News Griha :: न्यूजगृह
माल्दिभ्सविरुद्ध नेपालको ११ गोल

काठमाडौं— रेखा पौडेल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ।

नेपालको दुई खेलबाट चार अंक भएको छ। भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ। नेपाल गोल अन्तरको आधारमा समूहको पहिलो रहेको हो। श्रीलंका तीन अंकमा तेस्रोमा छ। माल्दिभ्स भने शून्य अंकमा छ।

यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ। अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ। भुटान भने माल्दिभ्ससँग भिड्ने छ।

दशरथ रङ्गशालामा भएको खेलमा रेखाले पाँच गोल गरिन्। उनले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गरिन्। यस्तै, प्रीति राईले भने ६, ६५ र ८७ औं मिनेटमा सम्भव भएको थियो। अन्य तीन गोल भने सविता रानामगर, अनिता केसी र अमिशा कार्कीको नाममा रह्यो।

सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे। यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गरेकी छिन्। यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुगेकी सावित्रा भण्डारीलाई भने मैदानमा उत्रिनु परेन।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:३४
Weather Update