News Griha :: न्यूजगृह
अमेरिकाले सन्दीपलाई दियो भिसा

काठमाडौं— अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

‘इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको’ क्यानले विज्ञप्तिमार्फत जनाएको छ।

अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले  ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ। शुक्रबार डलासमा भएको पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको छ।

यससँगै तीन खेलको शृङ्खलामा नेपालले १–० को अग्रता लिएको छ। अब दोस्रो खेल शनिबार हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:४५
Weather Update